सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा असोज २३ गते
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गते साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभामा सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्त गर्ने एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले शुक्रबार असोज ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, बिहीबार असोज १० गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित बोनस पाउने सक्नेछन् । साधारण सभा, आनमोल ब्यांकेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।