stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको असोज २३ गते साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको असोज २३ गते साधारण सभा बस्ने भएको छ । इन्स्योरेन्स कम्पनीले साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

त्यस्तै, साधारण सभामा सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्त गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते शुक्रबार बुक क्लोज गर्ने जनाएको छ ।

तसर्थ, असोज १० गते बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित बोनस पाउने सक्नेछन् । साधारण सभा, आनमोल ब्यांकेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari