sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलायन्स लाइफले आव २०७९।८० को नयाँ बोनस दर सार्वजनिक गरेको छ । हिजो शनिबार सार्वजनिक गरेको बोनस दर अनुसार अधिकतम् ७५ रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् ।

सानिमा रिलायन्सले आव २०७९/८० मा आधारित बोनसदर गत साता बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त गरेको थियो ।

स्वीकृत बोनसदर अनुसार सावधिक जीवन बीमामा न्यूनतम् ३५ रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् ।

त्यस्तै, सावधिक जीवन बीमा एकल बीमापोलिसीमा न्यूनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस पाउनेछन् । त्रिपल सावधिक जीवन बीमा पोलिसीमा न्यूनतम् २० रुपैयाँदेखि अधिकतम् ३० रुपैयाँसम्म बोनस पाउनेछन् ।

दम्पत्ति सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँ देखि अधिकतम ३० रुपैयाँ प्रतिवर्ष प्रतिहजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, सावधिक तथा आजिवन बीमा पोलिसी दीर्घायु र धनसंचय पोलिसीमा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

अग्रिम भुक्तानीमा ३२ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बोनस पाउनेछन् भने बार्षिक अग्रिम भुक्तानीमा १९ रुपैयाँदेखि २१ रुपैयाँसम्म बोनस पाउनेछन् ।

बार्षिक मनिब्याक फिक्स डिपोजिटमा २४ रुपैयाँ र सोही पोलिसीको एकल बीमा शुल्कमा ५४ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।

सावधिक तथा आजिवन बीमामा ३० रुपैयाँदेखि ६० रुपैयाँ, सावधिक बीमामा ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइनेछ ।

साथै सीमित भुक्तानी  सावधिक बीमा पोलिसीमा ४० रुपैयाँदेखि ६५  रुपैयाँ  बोनस निर्धारण गरिएको छ ।

gold
prabhu bank
nawakantipur long