sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

दाबी भुक्तानी प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन ‘बिमा दाबी भुक्तानी मार्गदर्शन’ लागू

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बिमा प्राधिकरणले ‘बिमा दाबी भुक्तानी मार्गदर्शन २०८१’ लागू गरेको छ । प्राधिकरणले बिमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउन मार्गदर्शन लागू गरिएको जानकारी गराएको छ ।

मार्गदर्शन अनुसार बिमा कम्पनीहरुले छुट्टै दाबी विभाग गठन गर्नुपर्ने भएको छ । यस्तै, बीमालेख बमोजिम बीमा दाबी गर्नुपर्ने भएमा दाबीकर्ताले यथासम्भव छिटो बिमकलाई लिखित जानकारी गराउनुपर्नेछ ।

लिखित जानकारी गराउन नसक्ने अवस्था भएमा दाबीकर्ताले मौखिक, टेलिफाने, इमेल वा अन्य कुनै माध्यमबाट समेत सूचना दिन सक्नेछन् ।

यता, जीवन बिमाकोे हकमा परिपक्व भएको बिमालेखको दाबी भुक्तानीमा बिमकले बिमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सकल बिमालेख वा परिचय खुल्ने कागजात सहित भुक्तानी लिनका लागि सूचना जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तो छ मार्गदर्शन :

 

prabhu bank
nawakantipur long