citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एलआइसी नेपालको २२ औँ वार्षिक साधारण सभा आज

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आफ्नो २२ औँ वार्षिक साधारण सभा आज असार १३ गते गर्दैछ ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ।

साधारण सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि साधारणसभाले अनुमोदन गर्नेछ।

साधारण सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ। अध्यक्षको अनुमतिले अन्य कुनै विषयहरुमाथि पनि साधारण सभामा छलफल हुनेछ।

वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुक क्लोज गरेको थियो । यसको मतलब जेठ ३१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारण सभामा भाग लिन योग्य हुनेछन्।

himalayan life insurance
igi long