citizens life insurance long ad
stcnepal long ad

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर बिक्रीमा राखेको छ।

हिमालयन एभरेष्टले आज एक सूचना प्रकाशित गर्दै नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जानकारी गराएको हो। यो शेयरमा इच्छुक नेपाल नागरिक तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

इच्छुक लगानीकर्ताले शेयर खरिद आवेदन हिमालयन एभरेष्टको थापागाउँस्थित कार्यालयमा दिनुपर्नेछ।

रितपूर्वक प्राप्त आवेदनहरुमध्येबाट शेयर बाँडफाँटका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइने कम्पनीले जनाएको छ। त्यसपछि बाँकी शेयर अन्य आवेदकलाई बाँडफाँट पारिने कम्पनीले स्पष्ट पारेको छ।

IME Life
kumari