stcnepal long ad
ime life insurance
global ime bank long

पुस ९ बाट प्रभु महालक्ष्मी लाइफको ३ करोड बढी कित्ता शेयरको लकइन सकिँदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक र कर्मचारीको गरी ३ करोड बढी कित्ता शेयरको लकइन अवधि आउँदो पुस ९ गतेबाट समाप्त हुन लागेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो। हालै नेपाल धितोपत्र बोर्डले कम्पनीको संस्थापक र कर्मचारीको साधारण शेयरको लकइन समाप्त हुनु ३० दिनअगावै लगानीकर्ता तथा सरोकारावाला निकायलाई जानकारी गराउन संगठित संस्थाहरुलाई निर्देशन दिएको थियो।

धितोपत्र बोर्डकै निर्देशनबमोजिम प्रभु महालक्ष्मी लाइफले संस्थापक र कर्मचारीको साधारण शेयरको लकइन अवधि सकिन लागेको जानकारी गराएको छ।

कम्पनीमा कुल संस्थापक शेयर ३ करोड ६३ लाख ७२ हजार कित्ता र कर्मचारीको ३ लाख २८ हजार ९९८ कित्ता शेयर रहेको छ।

यसमध्ये संस्थापक समूहको ३ करोड १ लाख १ हजार ७० कित्ता र कर्मचारीको २ लाख ५५ हजार ३६ कित्ता शेयर गरी कुल ३ करोड ३ लाख ५६ हजार १०६ कित्ता शेयरको लकइन अवधि आउँदो पुस ९ गतेबाट सकिने कम्पनीले जानकारी गराएको छ। लकइन अवधि सकिएपछि ती शेयर किनबेच गर्न सकिनेछ।

prabhu mahalaxmi
kumari