macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनएलजी इन्स्योरेन्सको नाफा बढेसँगै ईपीएस पनि बढ्यो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा खुद नाफा ४०.७७ प्रतिशत बढाएर ५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

गत असोज मसान्तसम्म कम्पनीले ६१ करोड ८८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत असोजसम्म ४१ करोड १८ लाख हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८० करोड ९५ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ, महाविपत्ति कोष ७ करोड २७ लाख रुपैयाँ र निर्जीवन बीमा कोष १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.०९ रुपैयाँ बढेर १४.११ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २०८.०२ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४९.७५ गुणा छ ।

२६ कात्तिक २०८०, आइतवार ०८:०३ बजे प्रकाशित

NTA long ad