macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १०.२५ प्रतिशतले बढ्यो

खुद बिमा शुल्क आर्जन पनि वृद्धि

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ ।

पहिलो त्रैमासमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १०.२५ प्रतिशतले धेरै हो । गत वर्ष यसले १४ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असोजसम्ममा लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढ्न पुगेको छ । कम्पनीले लगानी तथा कर्जाबाट ३ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १३.९८ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ३ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी ३ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । गत वर्ष ४ अर्ब ३७ करोड थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यसको रिटेन अर्निङमा ७९ करोड ३३ लाख छ । ग्रस इन्स्योरेन्स कन्ट्याक्ट लियाबलिटिज् (जीवन बिमा कोष) १ खर्ब ७५ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।असोजसम्म यसले १० अर्ब ८२ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ८.८९ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ९ अर्ब ९३ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी थोरैले बढेर ७ रुपैयाँ ७ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ७ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ७२ पैसा रहेको छ ।

२५ कात्तिक २०८०, शनिवार १०:४९ बजे प्रकाशित

NTA long ad