stcnepal long ad
national life

सेयर खरिद–बिक्री गर्नु पूर्व अनिवार्य रूपमा स्वीकृति लिन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिद–बिक्री गर्नुपूर्व अनिवार्य रूपमा स्वीकृति लिन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

प्राधिकरणले अनुमतिपत्र सेवा प्रदायकले चुक्तापुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था भएकाले त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ ले सेयर खरिदबिक्री पूर्व अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै सेयर संरचनामा पनि कुनै परिवर्तन गर्नुपर्ने प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

पछिल्लो समय दूरसञ्चार सेवा प्रदायकको सेयर खरिदबिक्री तथा संरचना परिवर्तन हुँदा राज्यले प्राप्त गर्नुपर्ने कर छली लगायतका प्रवृत्ति देखिन थालेका छन् ।

त्यस्तै सेयर स्वामित्वमा परिवर्तन हुँदा पनि त्यसको पूर्वजानकारी नियामकलाई उपलब्ध नगराउने प्रवृत्ति सेवाप्रदायकमा देखिन थालेको छ ।

स्वीकृति नलिई सेयर  खरिदबिक्री तथा संरचना परिवर्तन गरेको पाइएमा कारबाही गर्ने पनि जनाएको छ ।

gold
kumari bank
kumari
nawakantipur long