stcnepal long ad
global ime bank long

एप्पललाई पछि पार्दै सामसङ स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी बन्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै दक्षिण कोरियाली कम्पनी सामसङ स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी बनेको छ ।

सन् २०२४ को पहिलो तीन महिनामा एप्पलको स्मार्टफोन ‘शिपमेन्टु अर्थात् बजारमा पुर्‍याउने काम झन्डै १० प्रतिशतले घटेको अनुसन्धान गर्ने फर्म ‘आईडीसीु ले हिजो सार्वजनिक गरेको तथ्याङ्कले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सन् २०२४ को जनवरीदेखि मार्च महिनासम्ममा स्मार्टफोनको ‘शिपमेन्टु सात दशमलव आठ प्रतिशतले बढेर २८ करोड ९४ लाख थान पुगेकोमा सामसङको बजार हिस्सा २० दशमलव आठ प्रतिशत रहेको खबरमा उल्लेख छ ।

एप्पल १७ दशमलव तीन प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा आइपुगेको छ । यस्तै तेस्रो स्थानमा रहेको चिनियाँ कम्पनी साओमीको बजार हिस्सा १४ दशमलव एक प्रतिशत छ ।

यसअघि गएको वर्ष २०२३ को डिसेम्बरसम्मको तीन महिनाको अवधिमा १२ वर्षमा पहिलो पटक सामसङलाई पछि पार्दै एप्पल सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको थियो । तर माग घटेसँगै आईफोन फेरि दोस्रो स्थानमा आइपुगेको हो ।

सामसङले नयाँ वर्षको शुरुमै फ्ल्यागशिप स्मार्टफोन लाइनअप ‘ग्यालेक्सी एस २४’ सिरिज सार्वजनिक गरेको थियो । यस अवधिमा यो स्मार्टफोन छ करोडभन्दा धेरै थान बजारमा पुगेको खबरमा उल्लेख छ ।

यस्तै एप्पलले पाँच करोडभन्दा धेरै थान आईफोन बजारमा पुर्‍याएको छ, यो गएको वर्षको यही अवधिमा तुलनामा पाँच करोड ५४ लाख थानभन्दा कम रहेको आईडीएफसीको तथ्याङ्कमा उल्लेख छ ।

चीन सरकारले चिनियाँ कम्पनी र सरकारी निकायमा एप्पल ब्रान्डको मोबाइलको प्रयोग सीमित गर्ने निर्णय गरेपछि एप्पलको मोबाइलको ‘शिपमेन्ट’ मा गिरावट आएको खबरमा उल्लेख छ ।

IME Lifesidebar
kumari