prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

महासंघका अध्यक्ष ढकालले भने– आत्तिनु पर्दैन, अर्थतन्त्र ‘ट्रयाक’मा आउँछ

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका छन्। आर्थिक संकट सुधारोन्मुख भएको बताउँदै उनले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका हुन्।

काठमाडौंमा हिमालय सीमापार व्यापार संघले आइतवार गरेको कार्यक्रममा अध्यक्ष ढकालले मुलुकमा देखिएको आर्थिक संकटमा केही समयपछि विस्तारै सुधार आउने र व्यापार व्यवसाय राम्रो हुने दाबी गरे।

अध्यक्ष ढकालले भने,‘एक डेड वर्षमा अहिलेको अवस्थामा विस्तारै सुधार हुँदै जान्छ । व्यवसायीले निरास बन्नुपर्ने अवस्था छैन। आत्तिनु पर्दैन।’
घरायसी समस्याका कारणले भएका आत्महत्या हत्यालाई अर्थ र व्यापारसँग जोडेर विश्लेषण गर्नु ठिक नभएको उनको भनाई छ ।

अध्यक्ष ढकाललेले भने,‘विभिन्न घरायसी र अन्य कारणले कतिपय मान्छेले आत्महत्या गरेका छन् । त्यसलाई अर्थ र व्यापारसँग जोडेर हेर्ने गरिएको छ। सबै बिषयलाई आर्थिक पक्षसँग जोडेर हरिनु ठिक होइन। यस्ता घटनामा यर्थाथ पक्ष हेरिनुपर्छ ।’

२५ वैशाख २०८०, सोमवार १०:५६ बजे प्रकाशित

NTA long ad
stcnepal long ad