citizens life insurance long ad
stcnepal long ad

नेपालका सञ्जय अग्रवाल सीईओ इनसाइट एशियाद्वारा दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लिडर्स –२०२२ मध्ये एकको रुपमा सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालमा मोबाइल र कन्ज्युमर ड्युरेबल उद्योगहरूमा अग्रगामी युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवाल, हालै सीईओ इनसाइट एशिया द्वारा “दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स–२०२२” मध्ये एकको रूपमा सम्मानित भएका छन् ।

यो अवार्डले दक्षिण एशियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डो¥याउने उत्कृष्ट व्यवसायी र विचारशील लीडर्सहरूलाई सम्मान गर्दै आईरहेको छ ।

अग्रवालले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमी लगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

हाल उनी रमेश कर्पोरेशनका कार्यकारी निर्देशक छन् र विभिन्न मोबाइल ब्रान्डहरू सफलतापूर्वक शुरू गर्दै यसको सम्पूर्ण मोबाइल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरका नीतिहरू बनाउने मोबाइल फोन  आयातकर्ता संघ (MPIA) नीति निर्धारण गर्ने निकायको उपाध्यक्ष पनि नियुक्त छन् ।

यो अवार्ड अग्रवालको विशिष्ट नेतृत्वदायी भूमिका र नेपालका विभिन्न उद्योगहरू, विशेषगरी मोबाइल, कन्ज्युमर ड्युरेबल र प्रविधिमा उल्लेखनीय योगदानको सम्मान गर्दछ । उनले राष्ट्रिय स्तरमा यी उद्योगहरूको सुधारका लागि नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्, र उनको योगदानले समाजमा उल्लेखनीय प्रभाव पारेको छ ।

अग्रवालको उपलब्धि र सम्मानले उद्योगमा युवा उद्यमी र व्यवसायीहरूका लागि प्रेरणाको रूपमा काम गर्दछ साथै यस क्षेत्रमा उहाँको अनुभव र विशेषज्ञताले नेपाल र अन्य दक्षिण एशियाली देशहरूमा मोबाइल र कन्ज्युमर ड्युरेबल क्षेत्रको विकासको लागि मार्गदर्शक हुन सक्छ ।

सीईओ इनसाइट एशियाद्वारा सञ्जय अग्रवाललाई “दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लिडर्सरू – २०२२” मध्ये एकको रूपमा सम्मान उहाँको असाधारण नेतृत्व, योगदान र नेपाल तथा अन्य दक्षिण एशियाली देशहरूमा मोबाइल र कन्ज्युमर ड्युरेबल उद्योगहरूमा प्रभावको प्रमाण हो । उहाँको योगदानले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ, र उहाँ यस सम्मानको हकदार हुनुहुन्छ ।

IME Life
kumari