citizens life insurance long ad
stcnepal long ad

समता शैक्षिक गुठीलाई हिमालयन डिष्टिलरीको सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा हिमालयन डिष्टिलरीले सहयोग पु(याउँदै आएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकममध्येबाट समता शैक्षिक गुठीलाई पच्चीस लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

समता शैक्षिक गुठीद्वारा नेपालभर ८४ वटा विद्यालय सञ्चालन गरेको छ । जसमा कक्षा १ देखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालित छन् ती विद्यालयहरुमा करिव ७० हजार विद्यार्थी लाभान्वित भएको गुठीले दावी गरेको छ ।

समता गुठीले प्रति विद्यार्थी हरेक महिना एक सय रुपैयाँमा शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका सन्तान, अभिभावकविहीन तथा सडक बालबालिकालाई अध्यापन गराइरहेको दावी गरेको छ ।

सो समता शैक्षिक गुठीलाई एक कार्यक्रमका बीच हिमालयन डिष्टिलरीका सञ्चालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तमकुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई चेक हस्तान्तरण गरेका हुन् ।

IME Life
kumari