साल्ट ट्रेडिङ कर्पोरेसनको ५५ओैं साधारण सभा सम्पन्न
साधारण सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको ०.५२६ प्रतिशतका दरले कर प्रयोजनका लागि नगद लाभांश बापत रू.१२१३०६८ वितरणका लागि स्वीकृति दिएको छ।
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको गत चैत्र ६ गते बसेको सञ्चालक समितिको १०२३ ओैं बैठकले निर्णय गरे अनुसारको ५५ ओैं वार्षिक साधारण सभा गत २०७८ चैत्र ३० गते होटल सोल्टी ताहाचलमा भव्य रूपमा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर व्यापक छलफल गरि पारित गरेको छ । यसका साथै सभाले लेखा परिक्षणको प्रतिवेदन,सोही आर्थिक वर्षको वासलात,नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर व्यापक छलफल गरि पारित गरेको थियो।
वार्षिक साधारण सभाले लेखा परीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ को वित्तिय विवरण लेखा परिक्षण गर्न गत वर्षकै लेखापरीक्षक श्री एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णयलाई पनि पारित गरेको छ ।
साधारण सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको ०.५२६ प्रतिशतका दरले कर प्रयोजनका लागि नगद लाभांश बापत रू.१२१३०६८ वितरणका लागि स्वीकृति दिएको छ।
यसैगरि साधारण सभाले सञ्चालक नियुक्ति अनुमोदन गरेको पनि छ। साधारण सभाले निवर्तमान अध्यक्ष लक्ष्मीदास मानन्धरको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली शोक प्रस्ताव पारित गरेको थियो।
साल्ट ट्रेडिङ कर्पोरेशनको ५५ ओै वार्षिक साधारण सभाले विशेष प्रस्तावका रूपमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर्पोरेसनको हालको चुक्ता पूँजीको १० प्रतिशत बोनश सेयर लाभांश दिने निर्णय गरि सो बोनस शेयर चुक्तापूँजीमा बृद्धि हुने रकम २ करोड ३० लाख ४८ हजार २ सय ९० रूपैयाँ बराबरको बोनश सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
यो प्रस्ताव पारित भएसँगै कम्पनीको चुक्ता पूँजी बृद्धि भएको छ। यसैगरि सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड(ख) बमोजिम ऋण सुविधा लिने स्वीकृति उपर छलफल गरि पारित गरेको समेत बताइएको छ।
कर्पोरेसनले साधारण सभा गर्न गत चैत्र १५ गतेदेखि ३० गतेसम्म सेयर धनी दर्ता किताब बन्द गर्न नेप्सेलाई आग्रह गरेको थियो । यो १५ दिन बुक क्लोज भएको थियो। कुनै सेयर कारोबार भएको थिएन।
गत चैत्र १४ गते सम्म सेयर खरिद गर्नेहरूले साधारण सभामा सहभागी हुन पाएका थिए, अर्थात गत चैत्र १४ गतेसम्म सेयर धनी रहेका सेयर धनीलेमात्र नगद र बोनस सेयर लाभांश पाएका छन।( नीरज रञ्जितबाट)






















