stcnepal long ad
global ime bank long

साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्वलाई लक्षित गरेर सहुलियतमा ल्याएको व्यापारमा बृद्वि 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चाडपर्वलाई लक्षित गरेर संचालनमा ल्याएको सहुलियत पसलका कारण संस्थाको व्यापार धेरै बढेको छ । यस सरकारी संस्थानले असोज १ बाट सुरु गरेको सहुलियत पसलबाट मात्र अहिले दैनिक १७ लाख रुपैयाँभन्दा धेरैको व्यापार भइरहेको छ।

साल्ट ट्रेडिङले ६ वटा आउलेट र तीनवटा मोवाइल भ्यानबाट दैनिक १७ देखि १८ लाख रुपैयाँको खाद्यान्न बिक्री भइरहेको संस्थाका बजार प्रबन्धक प्रज्वल प्रधानले बताएका छन्। यो कारोबार पोहोरको सहुलियत पसलको भन्दा बढेको छ। गत वर्ष यस संस्थानले दैनिक १५ लाख रुपैयाँको खाद्यान्न व्यापार गरेको थियो।

सहुलियत पसलबाट साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडी, दाल, चिउरा, मरमसला, पिठो, तेल लगायत विभिन्न खाद्यान्न बिक्री गरिरहेको छ। यी खाद्यान्नमा संस्थानले प्रतिकिलो २ रुपैयाँदेखि ४० रुपैयाँसम्म छुट दिएको छ।

पहिले चिनीको माग धेरै हुँदै आएकोमा थियो। अहिले भने अन्य खाद्यान्नको पनि माग धेरै भइरहेको छ। चाडपर्वका कारण पनि खाद्यान्न खपत बढेको हो ।

कर्पोरेशनले सहुलियत पसल आउटलेट कालिमाटी मुख्यालय सहित उपत्यकाका अन्य पाँचवटा स्थानबाट संचालनमा ल्याएको छ। अहिले कालिमाटी आउटलेटमा मात्र दिनमा चार सय हाराहारी उपभोक्ताको भिडभाड हुने गरेको छ।

सामान्य अवस्थामा दैनिक तीन लाख रुपैयाँसम्मको खाद्यान्न बिक्री हुँदै आएको कर्पोरेशनले जनाएको छ। अहिले सहुलियत पसलका कारण संस्थाले अपेक्षा गरेभन्दा पनि बढी रकमको व्यापार भएको बताइएको छ।

खाद्यान्न खरिदका लागि आउने ग्राहकको भीड बढ्दै गएकाले अहिले नै लाइन लगाएर राख्नुपर्ने अवस्था छ भने चाडपर्व अझ नजिकिँदै जाँदा भीड र व्यापार दुवै यो भन्दा निक्कै बढ्ने अनुमान साल्ट ट्रेडिङ कर्पोरेसनको छ। बिहान ९ बजेदेखि संचालन हुने सहुलियत पसलमा बेलुकासम्मै खुला हुने गरेको छ।

सरकारको अनुदानमा साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसल संचालन गरेर नुनमा प्रति केजी रू।२ छुट दिएर किलोको १८ रुपैयाँमा बिक्री गरिरहेको छ । यस्तै चिनी किलोको ७९ रुपैयाँमा दुई केजीको प्याकेट १५८ रुपैयाँमा बिक्री गरेको छ।

एक जनाले बढीमा ६ किलो नुन र दुई केजी चिनी खरिद गर्न पाउनेछन्। चामलमा पनि प्रतिबोरा २५ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट दिएको साल्ट ट्रेनिङले जनाएको छ । यस बाहेक अन्य खाद्य वस्तुमा किलोमा ५ रुपैयाँ छुट दिएको संस्थाले बताएको छ।

कर्पोरेशनले उपत्यकाभित्रका विभिन्न टोल र वडामा दैनिक तीनवटा मोवाइल भ्यान मार्फत खाद्य वस्तुहरु बिक्री गरिरहेको छ। तर मोबाइल भ्यान भने माग अनुसार पठाउने गरेको कर्पोरेसनले जनाएको छ।

 

IME Lifesidebar
kumari