citizens life insurance long ad
stcnepal long ad

धागो उत्पादक संघद्वारा प्राधिकरणको विरोध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल धागो उत्पादक संघले नेपाल विद्युत प्राधिकरणले उद्योगलाई धराशायी बनाउन खोजेको आरोप लगाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष पवन गोल्यानले यस्तो आरोप लगाएका छन् । नेपाल विद्युत प्रधिकरणले उद्योगलाई लोडसेडिङ ताका डेडिकेटेड तथा ट्रंकलाइन मार्फत विद्युत्‌ आपूर्ति गर्ने निर्णय गरेको थियो ।

तर २०७२ फागुन ११ गतेदेखि उद्योगलाई पनि लोडसेडिङ हुने क्षेत्रमा समावेश गरिएको र विद्युत्‌ महसुलको बिल समेत समयमा नपठाई तीन महिनापछि बल्ल पठाएको गोल्यानले आरोप लगाएका छन्।

नेपालमा स्थापना भएका धागो उत्पादक संघ अन्तर्गत जम्मा हाल चार वटा उद्योग सञ्चालनमा रहेका छन् । स्वदेशमा उत्पादन हुने धागोको २५ प्रतिशत मात्र स्वदेशमा खपत हुने भएका कारण बिक्रीको लागि विदेशमा नै पठाउने गरेको उनले बताए ।

विदेशी उत्पादनहरुसँग प्रतिस्पर्धा निकै कठिन भएको र गुणस्तरीय उत्पादनले गर्दा मात्र यस क्षेत्रमा टिक्न सकेको उनको दावी थियो । प्राधिकरण सरकारी संस्थान भएर पनि नाफाखोर भएको संघको आरोप छ ।

यस्तै अवस्था रहेमा उद्योग धरासयी भई सम्पूर्ण मजदुरहरू सडकमा आउने हुँदा सरकार र प्राधिकरणले बेलैमा यसको समाधान दिनुपर्ने बताएका छन् । त्यस्तै नेपाल धागो उत्पादक संघका उपाध्यक्ष विष्णु न्यौपानेले प्रधिकरणले टाइम अफ डे मिटर (टीओडी) जाँच गरी उक्त मिटरको आधारमा उद्योगले विद्युत्‌ उपयोग गरेको भए महसुल तिर्न तयार रहेको बताए ।

विद्युत्‌ प्रधिकरण तथा सरकार एवं उद्योगी सहितको छानविन समिति बनाइ समस्या समाधान हुनुपर्ने उनको भनाइ थियो ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले कुनै पनि उद्योगीले विद्युत्‌ महसुल बक्यौता नराखेको दाबी गरे । विद्युत्‌ प्राधिकरणले विद्युत्‌ महसुलको बिल तीन महिना पछि पठाएको र उद्योगीलाई हतोत्साही बनाएको बताए ।

टीओडी मिटरको आधारमा मात्र प्राधिकरणलाई कति महसुल बुझाउन बाँकी छ भन्ने प्रश्नको जवाफमा गोल्यानले प्राधिकरणको ७३ करोडको बिल हाल करिब २ अर्व पुग्न लागेको बताए । यता प्राधिकरणले यो प्रकरणमा १५ अर्ब रुपैयाँभन्दा बढी असुल उपर हुनुपर्ने बताउँदै आएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

IME Life
kumari