stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल हस्तकला महासंघको बाणिज्य समूहको उपाध्यक्षमा डिल्लीरत्न तुलाधरलाई नै मत किन ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल हस्तकला महासंघको आसन्न महाधिवेशनमा हस्तकला व्यवसायी डिल्लीरत्न तुलाधरले बाणिज्य समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । लामो समयदेखि नेपाल हस्तकला महासंघमा आवद्ध रहदै आउनु भएका तुलाधरले आफू बाणिज्य समूहको उपाध्यक्षमा निर्वाचित भए नेपाल हस्तकला महासंघमा आवद्ध कलाकार सदस्यज्युहरुको बायोग्राफी बनाएर महासंघको वेबसाइटमा राख्ने र बिदेश स्थित नेपाली दुताबासहरुमा पठाउने लक्षका साथ बाणिज्य समूहको उपाध्यक्ष पदमा क्रम संख्या १ मा उम्मेदवारी दिनुभएको छ। उहाँलाई मत दिएर अत्यधिक बहुमतले बिजय गराऔ ।

आफ्नो बाल्यकाल निकै कठिनतापूर्वक बिताएका डिल्लीरत्न तुलाधर हाल हस्तकलाका एक सफल उद्यमी र व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । रिचुअल फ्रेट प्रा. लि का सञ्चालक रहनु भएका युवा व्यवसायी तुलाधर कुनै बेला विद्यालयको फि समेत तिर्न सक्ने अवस्थामा थिएनन् ।

अहिले डिल्लीरत्नले ७ वटा व्यवसायहरु सञ्चालन गरिरहनु भएको छ । तुलाधरले अहिले आफू मातहत करिब ७० जना व्यक्तिहरुलाई रोजगारी दिनु भएको छ। साथै नेपालमा थप एउटा सुपर मार्केट सञ्चालनको तयारीमा रहनु भएको छ ।

जहाँ कर्मचारीले विदेशको सरह सेवा सुविधा पाउन सकुन भन्ने उहाँको इच्छा छ। दूरदृष्टि सोचका डिल्लीरत्न तुलाधर सानैदेखि अरु भन्दा आफू केही भिन्न सोचका साथ उद्योग व्यवसाय गर्न चाहानु हुन्थ्यो, हरेक कुरा फरक किसिमले गर्ने सोच राख्नु हुन्थ्यो ।

विद्यालय तहमा अध्ययन गर्दा एकदिन शिक्षकले सबै विद्यार्थीलाई भविष्यको योजना बारे सोध्दा डिल्लीरत्नले आफू विश्व भ्रमणको निम्ति इच्छुक रहेको बताउनु भएका थियो । उहाँको त्यो कुरा सुनेर र त्यतिबेलाको कमजोर अवस्थालाई हेरेर सबै साथीहरु हाँसेका थिए ।

हुनतः तुलाधरले त्यतिबेला अन्य कुरा सोचेर त्यो उत्तर दिनु भएको थिएनन् आफूलाई मनमा लागेको कुरा अन्य साथीहरुले भनिसकेका हुनाले त्यसो भन्नु भएको थियो ।

कक्षामा आफूले विश्व भ्रमणको जवाफ दिएपछिको साथीहरुको गिज्याउने किसिमको हाँसोले भने उहाँको मनमा छोयो । त्यसकारण आफू कसरी विश्व भ्रमण गर्न सक्छु भन्ने बारे उहाँले सोच्न थाल्नु भयो । पछि फेला परेको ‘Around the world 20 Doller’ भन्ने पुस्तकबाट आफू साँच्चै विश्व भ्रमणको लागि प्रेरित भएको उहाँ बताउँनु हुन्छ।

पछि उहाँले सोच्दै जानू भयो कि २० डलरमा नै विश्व भ्रमणको यात्रा तय गर्न सकिन्छ भने म पनि किन विश्व भ्रमणमा ननिस्कने रु त्यो रकम जुटाउन म पनि सक्छु । जतिबेला एक डलर बराबर नेपाली १३ रुपियाँ थियो ।

डिल्लीरत्नका बुबा इलेक्ट्रिकल क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । छोरा डिल्लीरत्न पनि यसबाट प्रभावित नहुने कुरै थिएन । सानै उमेरमा छोरा डिल्लीरत्नले एन्टिना बनाएर बिक्री गर्न थाल्नु भएको थियो ।

पछि उहाँले इलेक्ट्रिसियनको रुपमा मासिक ८ हजार प्राप्त गर्ने गरी हिमालय होटलमा काम गर्ने अवसर पाउनु भयो । आफैंले काम सिकेर त्यो काममा लाग्नु भएका डिल्लीरत्नलाई अन्य साथीहरु कहाँबाट ओभरसियर पढेको भन्ने प्रश्न गरिरहन्थे ।

हुनतः उहाँमा सम्बन्धित कामको सीपका सम्बन्धमा कुनै समस्या थिएन । तर औपचारिक अध्ययन नभएको हुनाले के उत्तर दिने भन्ने सम्बन्धमा मनमा कुरा खेल्थे। अन्ततः उहाँ त्यस कामबाटै बाहिरिनु भयो ।

घरको कमजोर आर्थिक अवस्थाले गर्दा विद्यालय पढदा नै उहाँलाई कुनै काममा लाग्नुपर्ने बाध्यता थियो। त्यसैले उहाँले पहिलो पटकमा एसएलसी उत्तीर्ण हुन सक्नु भएन। डिल्लीरत्नको चाहना उच्च शिक्षामा राम्रो तवरले पढ्नु पर्छ भन्ने थियो ।

सोही चाहनाले कलेज भर्ना भएपनि त्यहाँको शैक्षिक वातावरण देखेर भने उहाँ सन्तुष्ट हुन सक्नु भएन । उच्च शिक्षामा उहाँले नियमित कक्षा लिन सक्नु भएन। सोहीकारण उहाँ कलेज अध्ययनबाट बाहिरिने निर्णयमा पुग्नु भएको थियो।

डिल्लीरत्नले शुरुमा मासिक ८ हजारको इलेक्ट्रिसियन सम्बन्धी काम छोडिसक्नु भएको थियो । त्यहाँ ज्यालादारीमा काम गर्नुपथ्र्यो । उहाँले अर्को काम पाउनु भयो तर अत्यन्तै कम तलब सुविधाको । तलब ८५० को ।

तर त्यस काममा उहाँले भविष्य देख्नु भएको थियो । सोहीकारण भविष्यलाई हेरेर सोही कामलाई निरन्तरता दिनु भयो । अहिलेका अधिकांश युवाहरु आफूले अध्ययन गरेको आधारमा आफ्नो तलब सुविधा आफैं निर्धारण गर्छन् ।

तर आफूमा त्यस कार्य सम्बन्धी कस्तो अनुभव हासिल गरेको छु भन्नेमा भने कुनै ध्यान दिँदैनन् । जसले गर्दा राम्रो सफलता हासिल गर्नबाट युवाहरु वञ्चित हुनुपरेको डिल्लीरत्न तुलाधरको बुझाई रहेको छ ।

नेपालको आर्थिक विकास र समृद्वि माथि उठाउन स्वदेशमा उत्पादन भएका वस्तुहरुको निर्यात प्रोत्साहित गर्नु नै सबैभन्दा उत्तम विकल्प हुनसक्छ भन्ने तुलाधरको बुझाई छ । उहाँ भन्नुहुन्छ( ‘नेपालको दिगो विकास र समृद्धिको लागि निर्यात अत्यन्तै राम्रो माध्यम हुन सक्छ ।

हामीसँग हस्तकलाका बस्तु,  गलैचा ,पस्मिना, गार्मेन्ट ,सिमेन्ट, डण्डी, गिट्टि,ढुंगा, चिया, कफी, अलैची, अदुवा,जडिबुटी,चाउचाउ,डाल्डाध्यु,काठ,दक्ष जनशक्ति प्रसस्त छ ’ ।

उहाँ भन्नुहुन्छ ‘जो कसैले पनि निर्यात व्यापार र पर्यटन क्षेत्रमा सामान्य बजार अध्ययन सहित संलग्न हुने हो भने यस क्षेत्रबाट कहिल्यै पनि पछि हटनु पर्दैन ।’

तुलाधरका अनुसार नेपाल आफैंमा एक सुन्दर मन्दिर हो । विदेशीहरु सिङ्गो नेपाललाई नै मन्दिरको रुपमा मानेर विशेष आस्था सहित यहाँ प्रवेश गरेका हुन्छन् ।

यसरी विशेष आस्था सहित प्रवेश गरेका पर्यटकहरुको उक्त विश्वास बचाईराख्न हामीले विशेष पूर्वाधारहरु निर्माण गरी सोहीबमोजिमको अवस्था सृजना गर्नु जरुरी हुन्छ ।

नेपालमा अहिले सम्म व्यवसायमा लाग्न चाहने व्यक्तिहरुलाई लक्षित गरेर कुनै पनि व्यावसायिक शैक्षिक संस्थाहरु सञ्चालन हुन सकेका छैन । विजनेश स्टडी सम्बन्धी शैक्षिक कार्यक्रम चलाएका शिक्षणसंस्थाले समेत कुनै पनि विषयमा अहिले सम्म कसरी आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने सम्बन्धमा कुनै कार्यक्रम सञ्चालन गरेका छैनन् ।

अहिले जसले जसरी व्यवसाय गरिरहेका छन्, उनीहरु सबैले पारिवारिक वातावरण र आफ्नै अनुभवले मात्र काम गरिरहेका छन् ।

नेपालमा अधिकांश मध्यमस्तरीय आर्थिक अवस्था भएका मानिस छन। यि व्यक्तिहरुले वैदेशिक रोजगारीलाई राम्रो आर्थिक उपार्जनको माध्यमका रुपमा लिने गर्छन् । तर वैदेशिक रोजगारीमा रहने नेपालीहरुको अवस्था निकै कमजोर छ ।

दक्ष जनशक्ति नहुँदा तल्लो स्तरको श्रम गर्नु परिरहेको छ। त्यसैले उनीहरुले विदेशमा निकै दुस्खदायी,कडा परिश्रमको काम गर्नु पर्दछ अथवा खतरापुर्ण,कठिनाईपुर्ण र फोहोरीयुक्त काम गर्न बाध्य हुनु पर्दछ।

नेपालीहरुले वैदेशिक रोजगारीमा रहँदा सजिलो किसिमले पैसा कमाउन सकेका छैनन् । कतिपय अवस्थामा त उनीहरुको जीवन नरकतुल्य समेत हुने गरेको तुलाधरले प्रत्यक्ष देख्नु भएको छ ।

यसकारण वैदेशिक रोजगारीमा तत्लो तहमा रहेर काम गर्ने नेपालीहरुको तुलनामा नेपालमा रहेर सडकमा साइकल डुलाएर सिजन अनुसारको स्याउ, केरा, आप, सुन्तला, अम्बा, अङगुर, अनार र तरकारी बेच्ने व्यक्तिहरुको कमाई र प्रतिष्ठा राम्रो हुने तुलाधर बताउनु हुन्छ ।

सत्तामा पुगेका सबै दलका नेताहरूले नेपाललाई सिङ्गापुर र स्वीजरल्याण्ड बनाउँछु भन्दै आएको पाइन्छ । तर उनीहरु मध्ये कसैले पनि अहिले सम्म आफ्ना नागरिकहरुलाई सिङ्गापुर, स्वीजरल्याण्ड,  अष्ट्रेलिया, अमेरिका लगायतको देशका जस्ता स्मार्ट र व्यवस्थित नागरिक बनाउँछौं भनेको सुनिँदैन ।

जुन दुस्खद कुरा हो । अहिले सम्म नेपाल सरकारले समेत व्यवसायीहरुलाई प्रोत्साहनमूलक वातावरण सृजना गरिदिन सकेको छैन । कर तिर्ने व्यवसायीहरुलाई प्रोत्साहन मिल्ने किसिमका कुनै सुविधाहरु उपलब्ध गराउन सकेको छैन ।

राज्यलाई कर तिर्दा सहज वातावरण समेत बन्न सकेको छैन । कर तिर्न केही दिन ढिलाई हुँदा ठूलो जरिवाना लाग्ने अवस्था रहेको छ । सरकारी कर्मचारी उद्योग र व्यवसाय मैत्री बन्न सकेका छैनन। कर तिर्न गएका जनता माथि हैकम चलाउने,यो भएन,त्यो भएन भनेर फर्काउने कर्मचारीतन्त्र छ।

त्यही निकायले प्रवाह गर्ने सेवा(सुविधा समेत निकै झण्झटिला छन् तैपनि सरकारी कर्मचारीहरुलाई सेवाग्राहीप्रति जिम्मेवार बनाउन सकिएको छैन ।अहिलेको समय सुचना र प्रविधिको समय हो । प्रविधिको प्रयोग गरेर सजिलै अधिकांश कामहरु क्षणभरमा सम्पन्न गर्न सकिन्छ । विश्व कहाँबाट कहाँ पुगिसक्यो ।

नेपालमा फोन पेबाट सिधै आफ्नो खातामा रकम पठाउन, पाउन वा युटिलिटी विलहरु तिर्न सकिने अवस्था सृजना भइसक्यो । राज्य पक्षले पनि यस किसिमका प्रविधिमैत्री सेवा सञ्चालन गरी काममा सहजता ल्याउन आवश्यक रहेको छ।

घर वा कारोबार स्थलबाटै कम्पनी दर्ता, नविकरण, कर तिर्ने व्यवस्था,अनुमति प्रदान जस्ता काम गर्ने प्रविधिको विकास गरि जनतामा सेवा प्रवाह गर्नु पर्दछ। प्रविधि मैत्री नहुने कर्मचारीलाई विदा दिएर नयाँ प्रविधिमैत्री जनशक्ति भर्ना गर्नु पर्दछ तुलाधर भन्नूहुन्छ।

तुलाधरले वि.सं २०५१ मा व्यवसाय शुरु गर्नु भएको थियो । उहाँको अनुभवमा त्यतिबेला निर्यातकर्तालाई कर शून्य थियो । जब मानिसहरुले निर्यात गर्न थाले, त्यसपछि भने वस्तु निर्यातमा कर लगाउन थालिएको हो । यहाँ नै सरकारले ठूलो गल्ति गरेको तुलाधरले महसुस गर्नु भएको छ ।

राज्यले जनशक्ति निर्यात गर्नु राम्रो हो कि वस्तु निर्यात भन्ने कुरा विचार गर्न नसक्दा नेपाल आर्थिक रूपमा कमजोर र अतिपरनिर्भर बन्दै गएको उहाँको तर्क छ । साथै विदेश गएका नेपालीहरुले कति कर तिरेका छन् भन्ने कुरा सरकारले कहिल्यै गहन रुपमा नसोचेको पनि बताउनु भएको छ।

विदेश जानेले रेमिट्यान्स त पठाए तर त्यो रकम सबै आयातमा खर्च भएर उतै गयो,यहाँ लगानी योग्य पुँजीमा रूपान्तरण हुन सकेन। सरकारले रेमिट्यान्सलाई आर्थिक स्रोतको राम्रो माध्यम मानेपनि आधिकारिक रुपबाट निकै कम मात्र रेमिट्यान्स आइरहेको तुलाधरको बुझाई रहेको छ ।

नेपालको व्यापार घाटा ठूलो चिन्ताको विषय बनेको बताउँदै तुलाधर भन्नु हुन्छ( ‘वि.सं २०५१ मा वस्तु निर्यात गर्दा र अहिले २०७७ मा जनशक्ति निर्यातलाई प्रोत्साहन गरिँदाको हाम्रो व्यापार घाटा अनुपातलाई विचार गरी हामीले लिएको नीति परिमार्जन गरेमात्र हामी सम्पन्न बन्न सक्नेछौं ।’ अहिले अधिकांश उद्योगहरुको लागि जनशक्ति विदेशबाट आयात गर्नु पर्दछ। जुन ठूलो चिन्ताको विषय बनेको छ ।

नेपालको शिक्षा पद्धति आफूले काम गरिरहेकै काममा विशेषज्ञता हासिल गर्न सहयोग पुर्याउने (प्रोफेसनल) किसिमको छैन । पियनमा काम गर्ने व्यक्तिले मास्टर डिग्री गरेपनि त्यही पदमा नै विशेष सुविधा सहित काम गर्न सक्ने अवस्था बाह्य मुलुकहरुमा रहेको तुलाधर बताउनु हुन्छ । नेपालमा जस्तो तह वृद्धिले मात्र हाम्रो अवस्था सुधार हुन सक्दैन ।

हरेक देशको विकासमा त्यहाँको शिक्षा नीतिको भूमिका महत्वपूर्ण रहन्छ । नेपालमा राम्रो तवरले काम गरिरहेका क्षमतावान् व्यक्तिहरुलाई सही र उचित स्थान दिने प्रचलन नहुनु पनि हो ।

गाडी राम्रो तवरले सुरक्षित गन्तव्यमा पुर्याउन राम्रो अनुभवी ड्राइभरको भूमिका भएजसरी हरेक संस्थामा योग्य र सक्षम व्यक्तिहरुलाई नियुक्त गर्नुपर्नेमा अहिले त्यसो हुन नसकेको तुलाधर बताउनु हुन्छ । कुलमान घिसिङलाई आफू सक्षम ठहरिएको काममा पुनः दोहोर्याउन नचाहने प्रवृत्तिले पनि यही देखाउछ उहाँ बताउनु हुन्छ ।

नेपालको वसन्तपुर दरबार र स्वयम्भू बीच केवल २.२ किलोमिटरको मात्र दूरी अन्तर छ । त्यस बीचमा हाम्रा परम्परागत महत्वका थुप्रै मन्दिरहरु छन् । त्यहाँ पैदल हिँडेर २० मिनेटमा पुग्न सकिन्छ। त्यही बाटोमा पर्यटकहरुलाई २ घण्टा घुमाउन सकिन्छ ।

त्यही बाटोमा पर्ने महिला तथा वृद्धाहरुलाई उनीहरुसँग भएको सीपको आधारमा काम गर्न प्रोत्साहित गर्ने हो भने साधारण थैली,झोला बनाएर पनि आफ्नै घर प्राङ्गणमा बसेर पर्यटकबाट दैनिक कम्तीमा १–२ डलर कमाउन सक्ने अवस्था रहन्छ । यस किसिमका थुप्रै कामहरु हुन सक्छन्, जुन काम गरे ८० बर्षीय वृद्धाहरू आफ्ना छोराबुहारीमा आर्थिक परनिर्भर हुन पर्दैन।

कोभिड–१९ ले नेपाललाई तत्कालको लागि केही क्षति त अवश्य पुर्याएको छ । तर यसले दीर्घकालिन रुपमा राम्रो सम्भावना पनि निम्तिने तुलाधरको विष्लेषण रहेको छ । कोभिडकै कारण अहिले विश्व अर्थतन्त्र डामाडोल भएको छ ।

जसले गर्दा विश्व अर्थतन्त्र निकै नै खुम्चिएको छ । उनीहरुको ध्यान अब कम लागतका उत्पादन प्रयोग तर्फ केन्द्रित हुँदैछ । नेपालमा उत्पादन हुने सामानको लागत समेत निकै कम छ । हवाई टिकट बाहेक हरेक रात १० डलरमा काठमाडौंमा बिताउन सकिने अवस्था रहेको छ ।

यस्तो अवस्थामा विदेशीहरु नेपाल भ्रमणमा पुनः आउन शुरु गर्नेछन् । साथै अहिले नेपाली सामानहरु विश्वका हरेक ठाउँमा प्रदर्शनीमा राखिएका छन् । जहाँबाट नेपाली सामानहरु सस्तो दरमा किनेर उपयोग गर्न सक्नेछन् । त्यसको लाभ नेपालले उठाउन सक्ने तुलाधर बताउनु हुन्छ ।

नेपालमा व्यवसायमा कसरी संलग्न हुने भनेर सिकाउने कुनै व्यावसायिक स्कुल वा कलेज छैनन । शुरुमा व्यवसायमा जोडिने क्रममा सरकारका कर नीति र करका दरहरु व्यवसायीलाई थाहा हुँदैनन् । जसले गर्दा पारदर्शी तवरले काम गर्न चाहँदाचाहँदै पनि आफू ठूलो जरिवानामा फस्ने सम्भावना उच्च रहने गरेको तुलाधर बताउनु हुन्छ।

नेपालको कर नीति बारे थाहा नपाउँदा आफुले पनि यस्तो समस्या भोगेको उहाँबताउनु हुन्छ । सबै व्यवसायीहरूलाई थाहा हुन्छ कि उद्योग व्यवसाय गरेपछि सरकारलाई कर तिर्नुपर्छ, आफू इमान्दार बन्नुपर्छ । तर एउटा पार्टनर सीप र कर्मचारीले धोका दियो,समयमा कर बुझाइ दिएन भने समस्या आउँछ तुलाधरको अनुभव छ।

उहाँले भन्नू भयो ‘त्यतिबेला हाम्रो व्यवसाय पार्टनरसिपमा थियो । हामी हरेक कारोबार बिलमा नै गर्न चाहन्थ्यौं । हामीले जनवरीमा काम शुरु गरेका थियौं । जुनमा आर्थिक बर्ष अन्त्य हुन्छ । हामीले आफैं पारदर्शी रुपमा काम गरिरहँदा कर कार्यालयले ४ लाख रकम कर तिर्नुपर्ने बतायो । हामीले अनुरोध गर्यौं तैपनि हामी उक्त रकम तिर्न बाध्य भयौं । जसले झण्डै हामी व्यवसायिम आत्महत्या नै गर्नुपर्ने अवस्थामा पुगेका थियौं ।’

नेपालमा सरकारी निकायहरु बीच आपसमा समन्वय नहुँदा त्यसको समस्या व्यापारीहरुले पनि सामना गर्नुपरिरहेको तुलाधर बताउनु हुन्छ । हरेक ठाउँमा नवप्रवेशी उद्यमीलाई हतोत्साही होइन, प्रोत्साहित गर्ने वातावरण बनाउनु जरुरी छ ।

मुलुकको समृद्धि यात्रा तय गरिरहँदा निर्यातलाई प्रोत्साहित गर्नुको विकल्प नरहेको तुलाधरले बताउनु भयो। विभिन्न निकायमा दर्ता भएका फर्महरुले सामान निकासी गर्ने व्यवस्था भएको हुनाले यी सबैलाई एकीकृत गर्दै कारोवारलाई पारदर्शी र निर्यातलाई प्रोत्साहनको उद्धेश्यले नेपालमा अब निकासी मन्त्रालय समेत आवश्यक देखिएको तुलाधरले बताउनु भयो।

उहाँले भन्नुभयो अब बाणिज्य मन्त्रालय होइन निकासी अर्थात एक्सपोर्ट मन्त्रालय बनाउनु पर्छ। म बाणिज्य उपाध्यक्ष भएभने निर्यात मन्त्रालय बनाउन आवाज उठाउने छु तुलाधरले भन्नुभयो। अन्य सबै देशहरुमा यस किसिमको व्यवस्था रहेको छ ।

व्यवसायमा आउन चाहनेलाई प्रोत्साहन र लगानी प्रवद्र्धनको लागि सहयोग पुग्ने किसिमले शैक्षिक कार्यक्रममा आर्थिक उपार्जन र नीतिगत कुराहरु समेटिने व्यवस्था हुनुपर्ने आवश्यकता समेत तुलाधरले महसुस गर्नु भएको छ ।

जसले हामीलाई हाम्रा सम्भावना बारे मार्गदर्शन गराई सही तवरले ती सम्भावनालाई अवसरमा बदल्ने क्षमता प्रदान गरोस् । तुलाधर भन्नू हुन्छ ‘ हामीले बुझ्नुपर्छ कि हामी हरेक नेपाली सुनखानीमा जन्मिएका छौं ।

तर हामीलाई सुन कहाँ छ भन्ने कुराको जानकारी छैन । सुनको कचौरा लिएर माग्न बस्नु राम्रो होइन,त्यस्ता माग्नेलाई कसले दान दिन्छ रु अब सबैलाई यस कुराको महसुस गराउन सकेमात्र हामीले चाहेको आर्थिक समृद्धि र द्रुत विकास हासिल गर्न सक्छौ ।’

 

IME Lifesidebar
prabhu mahalaxmi
kumari