आज जेठ २० गतेदेखि विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बिक्री खुला
कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । आज जेठ २० गतेदेखि बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्काशन तथा विक्री खुला गरेको छ । डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि आइपीओ बैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री खुला गरेर जेठ ११ गते बाँडफाँड गरिसकेको छ ।
डेभलपमेन्ट कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले यस आइपीओ खरीदका लागि जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असार ३ गतेसम्म आईपीओ निष्काशन खुला रहने छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


























