मनकामना इन्जिनियरिङ हाइड्रोपावरको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मनकामना इन्जिनियरिङ हाइड्रोपावर ४७ लाख ७५ हजार रुपैयाँ नोक्सानमा रहेको छ । यसअवधिमा यसले विद्युत् बिक्रीबाट ३ करोड ५३ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यसको कुल नाफा ३ करोड २५ लाख ९ हजार रुपैयाँ रहेको छ ।असोज मसान्तसम्म आइपुग्दा वित्तीय खर्च २ करोड ऋणात्मक छ । साथै, सञ्चालन तथा प्रशासनिक खर्च पनि ५२ लाख २६ हजार रुपैयाँ नोक्सानमा छ ।
यसले खुद नाफा ऋणात्मक बनाएको हो । पहिलो त्रैमाससम्म आइपुग्दा यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ३९ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ०५ पैसा छ ।