citizens life insurance long ad
stcnepal long ad

महिला लघुवित्तको आइपीओ समय थपियो, आज पनि भर्न पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।महिला लघुवित्तको आइपीओ भर्ने आज  फागुन ५ गते बुधबार अन्तिम दिन हो । आज कार्यालय समयसम मात्र यसमा आवेदन दिन सकिनेछ ।

यसअघि कम्पनीले माघ ३० गतेबाट फागुन ४ गतेसम्म आइपीओ बिक्री खुला गर्ने जनाएको थियो । तर, माघ ३० गते सार्वजनिक विदा परेकाले कम्पनीले १ दिनको समय थप गरेर आजसम्म भर्न पाउने ब्यवस्था गरेको हो । कम्पनीले ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

कुल खुला गरिएको मध्ये ०.५५ (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५५ (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ ।

बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ ।

IME Life
kumari