citizens life insurance long ad

नेपाल फाइनान्सको वैशाख ३ गते साधारण सभा बस्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैशाख ३ गते शनिबार नेपाल फाइनान्सको २९ औं वार्षिक साधारण सभा बस्दैछ । सभा होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष एजेन्डा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा प्रयोजनको लागि यसले चैत १७ गते बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

IME Life
kumari