stcnepal long ad
national life

बेष्ट फाइनान्सको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।फाइनान्स  कम्पनीको संस्थापक समूहको १ लाख ४५ हजार ४५० कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिद निवेदन दिन ३५ दिनको समय दिइएको छ। यो अवधिमा इच्छुक संस्थापक शेयरधनीहरुले कम्पनीको काठमाडौं कमलादीस्थित प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने फाइनान्स कम्पनीले जनाएको छ।

gold
kumari bank
kumari
nawakantipur long