stcnepal long ad
global ime bank long

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार कम्पनीको हाल कायम चुक्तापुँजी ९८ करोड १६ लाख ८३ हजार २०० रुपैयाँको कुल ५.०५ प्रतिशतले हुन आउने ४ करोड ९५ लाख ७५ हजार १.६० रुपैयाँ नगद लाभांश (करसहित) प्रस्ताव गरिएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari