stcnepal long ad
ime life insurance
national life
global ime bank long

रुपा र रजनी ‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौंं । रुपा पहाडी र रजनी राईले ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन २०२१’को शिर्ष उपाधि जितेका छन् । रुपाले मिसेस र रजनीले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् ।

शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न प्रतियोगितामा डीना खत्री फष्ट रनरअप र सरीता कोइराला सेकेन्ड रनरअप चुनिए । विजेता ४ जानाले क्रमस १५, १५, १० र ५ हजार नगद सहित बिभिन्न उपहार समेत हात पारे ।

अपाङ्गता भएको ब्यक्तिहरुको क्षमता र उनीँहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र सामाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पर्ुयाउने उदेश्यले आयोजित यस्तो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना भएको हो ।

ग्रिन आर्ट मिडिया प्रा।लिले सांस्कृतिक समाज नेपालको सहकार्यमा आयोजना रहेको प्रतियोगितामा बेष्ट स्माइल रुपा पहाडी, बेष्ट डिसिप्लेन मीरा तामाङ, मष्ट ट्यालेन्टेड संगीता मागी, मोस्ट फोटोजेनिक टीना महर्जन, मस्ट अमाजिनो मीना शर्मा, बेष्ट फर्सनालिटी निर्मला भण्डारी, मस्ट हम्बल अनु राई, मष्ट फ्रेन्ड्ली सरिता कोइराला, मस्ट ग्ल्यामर गंगा छन्त्याल, मष्ट कन्फिडेन्ट तुलसा थापा मगर, बेष्ट स्क्रिन रजनी राई र मष्ट ब्युटिफुल अस्मी दुलालले हात पारे ।

पुर्व मिस नेपाल इभाना मानन्धर, ब्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोर भक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्लगायत निर्णायक रहेको प्रतियोगितामा रविन्द्र प्रताप शाह मुख्य अतिथिका रुपमा रहेका थिए ।

एलिना शाक्य तुलाधर कोअडिनेटर, परि श्रेष्ठ बोड मेम्बर रहेको प्रतियोगिताबाट उठेको रकम ५० हजार सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)लाई सहयोगको रुपमा प्रदान गरिएको थियो ।

ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनुपर्छ भनेर प्रतियोगीता आयोजना गरिएको बताए । प्रतियोगिता नेपालकै लागि ऐतिहासिक भएको दाबी उनको रहेको छ । प्रतियोगीताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।

IME Lifesidebar
kumari