stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

‘तिमीलाई पाउँदा’ सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीवनमा कसैको मायालु साथ पाउँदा मनमा छाउने खुसी अनि मन भरि उर्लने लहरहरु, आँखाले सजाउने सपनाहरु विशेष लाग्छन् ।

दुई मनको आत्मिक मिलनले दुई मनलाई एक बनाइदिन्छ, मनमा सुमधुर एवं प्रेमिल भाव उब्जाउँछ त्यति बेला आफ्नो भाग्य अनि कर्म दुवै प्रति आभार प्रकट गर्न मन लाग्छ, यो मिलन, यो खुशियाली बसन्त बनिदियोस्, जीवन्त बनिदियोस् भन्ने कामना दुवै प्रेमिल मनले संगालिरहन्छन् ।

गीतकार एवं सामाजिक अभियन्ता नरेश प्रधानको शब्द रचनामा यस्तै भावको मीठो प्रेमिल गीत ‘तिमीलाई पाउँदा’ सार्वजनिक भएको छ ।

चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको उक्त गीतमा संगीतकार एलिस कार्कीको संगीत सिर्जना रहेको छ भने शैलेन्द्र प्रधान बाबुले संगीत संयोजन गरेका छन् ।

उक्त गीतको मिक्सिङ तथा मास्टरिङ महेश्वरमान राजभण्डारीले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् । स्टुडियो साउण्डमिलको प्रस्तुतिमा निर्माण भएको उक्त म्यूजिक भिडियोमा नायक कुन्साङ बम्जन र श्रद्धा क्षेत्रीको रोमाञ्चक एवं जीवन्त अभिनय रहेको छ।

निकेश खड्काको निर्देशनमा बनेको म्यूजिक भिडियोमा उत्सव दाहालको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ ।

राजेन्द्र मोक्तानले भिडियोको कलरिङ गरेका छन् भने समरा जोशीले कलाकार द्वय कुन्साङ र श्रद्धाको मेकअप गरेकी छिन् । गीत दर्शक, श्रोता समक्ष ल्याउन परियोजनाको निर्देशकको भूमिका चचित गायिका बुनु श्रेष्ठको रहेको छ ।

स्टुडियो साउण्डमिलको युट्यूब च्यानलमार्फत शनिबार उक्त गीत सार्वजनिक गरिएको हो ।विगतका दिनमा अन्य सामाजिक विषयवस्तुमा आधारित गीतहरुले झैं यस गीतले पनि दर्शक, श्रोताको माया पाउनेमा गीतकार नरेश प्रधान आशावादी रहेका छन् ।

यसअघि गीतकार प्रधानको रचनामा मेरो भाग्य, साथ हुँदैमा, आमा, तिमी मेरी हुन सकिनौ, आऊ साथी, स्वीकार लगायतका दर्जन बढी गीतहरुलाई दर्शकस्रोता माझ आइसकेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari