stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्माण भयो मोदीबेनी, साउनमा रिलिज हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चलचित्र ‘मोदीबेनी’ निर्माण भएको छ । यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनालाई कथामार्फत प्रस्तुत गर्दैछ ।

यो चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गरेका हुन् । आगामी १८ साउनमा यो चलचित्र रिलिज हुने भएको छ । चलचित्रका निर्माता दिलीप केसीले वितरकसँगको सल्लाह अनुसार सो मितिमा रिलिज गर्न लागिएको बताए ।

यस चलचित्रमा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने बाँकी कलाकारमा वर्षा सिवाकोटी, रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

यो चलचित्रमा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम ९माइकल०को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन रहेको छ ।

रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्। यसमा दिलीप के।सी। निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

prabhu mahalaxmi
kumari