citizens life insurance long ad
stcnepal long ad

ईपीएस अन्तर्गत दक्षिण कोरिया रोजगारीका लागि भाषा परीक्षाको उत्पादन तर्फको दोस्रो चरणको नतिजा सार्वजनिक 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरिया रोजगारीका लागि लिइएको भाषा परीक्षाको उत्पादन तर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ।

दक्षिण कोरिया सरकार मानव संसाधन विभाग (एचआरडी) ले उत्पादनतर्फको दोस्रो चरणका लागि दिएको भाषा परीक्षाको नजिता शुक्रबार सार्वजनिक गरेको हो।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार भदौ २० गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन गरिएको दोस्रो चरणको उत्पादनतर्फको परीक्षामा १४ हजार ४३ जना सहभागी भएकोमा भाषा परीक्षामा आठ हजार ७८५ जना उत्तीर्ण भएका छन्।

उक्त परीक्षाका लागि जम्मा १८ हजार ५९५ जनाले आवेदन दिएकोमा १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए।

एचआरडीले नेपालबाट उत्पादनतर्फको १४ हजार ९१३ जना लैजाने भएको छ। कृषितर्फको उत्तीर्ण दुई हजार ७४१ जना कात्तिकको पहिलो सातादेखि नै जान थालेका छन्।

IME Life
kumari