stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। रोजगारीका लागि अवसर खोज्दै विदेश जान ६ महिनामा ३ लाख ९३ हजार जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार उक्त अवधिमा ३७ हजार महिला र ३ लाख २५ हजार पुरुषले श्रम स्वीकृति लिएका हुन्।

विभागका अनुसार पुसमा ६७ हजार जनाले श्रम स्वीकृति लिएका थिए। तीमध्ये ६० हजार पुरुष र ७ हजार महिला छन्। रोजगारी र अवसर खोज्दै एक दशकको अवधिमा संसारका १ सय ७३ वटा मुलुकमा नेपाली पुगेको तथ्यांक छ। ती मुलुकमा ६० लाख ९८ हजार ८० जना नेपाली श्रमिक पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। उक्त संख्या भारत बाहेकको हो।

विदेश जानेमा ५६ लाख ८१ हजार ६ सय २७ पुरुष र ४ लाख १६ हजार ४ सय ५३ महिला छन् । सन् २०१४ जनवरी १ देखि २०२४ को जुलाई १६ सम्म वैधानिक रूपमा श्रम स्वीकृति लिई गएकाहरुको तथ्यांकका आधारमा विभागले उक्त जानकारी दिएको हो।

व्यक्तिगत पहुँच वा अन्य उपायबाट विभागसँग श्रम स्वीकृति नलिइ गएकाको संख्या सरकारी अभिलेखमा छैन। विभागका प्रवक्ता गुरुदत्त सुवेदीले व्यक्तिको पहुँच बढ्दा नेपाली विश्वभर छरिएको बताए।

विभागका अनुसार सबैभन्दा बढी कतारमा १६ लाख ६ हजार ५ सय २१ जना नेपाली पुगेका छन् । सबैभन्दा कम सुरिनाममा एक जनामात्र पुगेको देखिन्छ । २०७८ को जनगणनाअनुसार २२ लाख नेपाली देशबाहिर छन्।

prabhu mahalaxmi
kumari bank
kumari