sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

निर्वाचन आयोगको वेबसाइट डाउन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मतदान गर्ने अघिल्लो दिन निर्वाचन आयोगको वेबसाइट डाउन (नचल्ने) भएको छ । अहिलेको महत्वपूर्ण समयमा वेबसाइट डाउन हुँदा प्रयोगकर्ताले आयोगको फेसबुक पेजका कमेन्टमा वेबसाइट किन नचलेको भनी प्रश्न सोधिरहेका छन् ।

सरकारी डेटा सर्भर (गभर्मेन्ट इन्टिग्रेटेड डेटा सेन्टर–जीआईडीसी) मा समस्या भएकाले वेबसाइट नचलेको आयोगले जानकारी दिएको छ । समस्या समाधान गरिरहेको आयोगले बताएको छ । आयोगले सामाजिक सञ्जाललगायत अन्य माध्यमबाट पनि सूचना प्रवाह गरिरहेको छ ।

मतपरिणाम अपडेटको सिस्टम बनाउन शुक्रबार आफ्नो कन्टेन्ट म्यानेजमेन्ट सिस्टम ९सीएमएस० मा केही परिवर्तन गर्न खोजेपछि समस्या आएको आयोगका एक अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबार रातीदेखि नै आयोगको वेबसाइटले रेस्पोन्ड गरेको छैन । प्रविधि शाखाका पन्तले भने शनिबार बिहानबाट मात्रै वेबसाइट अवरुद्ध भएको बताए । उनले अबको १५–२० मिनेटमै समस्या समाधान गरिने पनि बताए ।

निर्वाचनको यो महत्वपूर्ण समयमा सूचनाको महत्व धेरै हुन्छ । पाँच वर्षमा एकपटक आउने चुनावका बेला समेत प्राविधिक समस्या देखाएर आयोगले आफूहरूलाई सूचनाबाट बञ्चित गराउनु सुहाउँदो कुरा नभएको मतदाताको गुनासो छ ।

gold
prabhu bank
nawakantipur long