Everest Bank
nabil bank
national life
stcnepal long ad

आइएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।

टप अपमा पाँच (५%) प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको हो । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको छ ।

भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा पाँच (५%) प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडी बढनेमा सहमत देखिएको छ ।

आमसेवाग्राहीहरूले दुई हजार (रू.२, ०००) रिर्चाज गर्दा एक सय (रू. १००), एक हजार (रू. १, ०००) गर्दा पचास (रू. ५०) र एक सय (रू.१००) गर्दा पाँच (रू.५) क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशत (५%) सम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ ।

यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको छ ।

२८ फागुन २०७९, आइतवार १५:२१ बजे प्रकाशित

stcnepal long ad