stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले भोलि सोमवार पुुनः १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमवार पुुनः १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्ममा बोलकबोलका माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति कात्र्तिक २८ गते तोकिएको ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् ।

यसरी बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौं अर्ब ८५ करोड ५० लाख रुपैयाँको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ मंसिर २७ गते, २०७९ फागुन दुई गते र २०८० जेठ दुई गते तोकिएको र यि सबै ट्रेजरीहरु पुरानो नविकरण अन्तर्गतको रहेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार यसअघि गत कात्तिक२१ गते पनि १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरिएको थियो ।

prabhu mahalaxmi
kumari