citizens life insurance long ad
stcnepal long ad

‘तीजको रमझम, आई पे रेमिटको तीज गीतमा नाचौँ छमछम’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिन्दू नारीहरुको महानपर्व ‘हरितालिका तीज’लाई लक्षित गर्दै आई पे रेमिट प्रा.लि.ले “तीजको रमझम, आई पे रेमिटको गीतमा टिक टक बनाई नाचौँ छमछम” विशेष योजना सार्वजनिक गरेको छ ।

भदौ १० गते अर्थात भोलि शुक्रवारबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेगरि आई पे रेमिटले अफर ल्याएको हो ।

यो योजना अन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने पाँच जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टप अप पाँच सय रुपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेता स्वरुप १५ हजार रुपैयाँ र बम्पर पुरस्कारमा एक जना भाग्यशाली विजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आई पे रेमिटले मलेशिया, जापान कोरियालगायत विश्वको विभिन्न मुलूकबाट धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाइदिन सम्पूर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई अनुरोध गरेको छ ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेका २० हजारभन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिटमार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिने छ ।

साथै नेपालको जुन सुकै बैंक तथा वित्तिय संस्थामा रियल टाईम एकाउन्ट डिपोजिट र इ वालेटमा रियलटाईम टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रा..बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी दिए ।

IME Life
kumari