stcnepal long ad
ime life insurance
global ime bank long

नेपालको आर्थिक वृद्धि सन्तोषजनक :गभर्नर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको बताएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान ) ले आज आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत वर्ष ५.८ रहँदा यस वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धिलाई सन्तोषजनक नै मान्नुपर्ने बताएका हुन् ।

गभर्नर अधिकारीले विश्व बजारमा देखिएको इन्धनको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको धारणा राखे । अहिलेको अवस्थामा बाह्य क्षेत्र नै चुनौतीपूर्ण कुरा भएको उनको भनाइ छ ।

गभर्नर अधिकारीले करिब दुई अर्बको निर्यातले २१ अर्बको आयातलाई धान्न नसक्ने भन्दै आयात धान्ने काम रेमिट्यान्सबाट भएको तर अहिले रेमिट्यान्स सस्टेनेबल नरहेको तर्क गरे ।रेमिट्यान्सलाई औपचारिक बनाउन खोज्दा पनि सम्भव नहुने देखिएको उनको भनाइ छ ।

‘आयात गरिएका केही सामग्री नेपालमै प्रयोग नहुने अवस्था अहिले पनि देखिएको छ’, गभर्नर अधिकारीले भने, ‘त्यस विषयमा अनुसन्धान आवश्यक रहेको छ । गभर्नर अधिकारीले सामान नै नआईकन पनि भुक्तानी गरिएको हो कि भन्ने आशङ्का पनि देखिएको उल्लेख गरे ।

prabhu mahalaxmi
kumari