stcnepal long ad
ime life insurance
global ime bank long

हल्ला भएजस्तो अर्थतन्त्र धराशायी भएको छैन : मन्त्री झाँक्री

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपालको अर्थतन्त्र धराशायी नबनेको बताउनुभएको छ। उहाँले बजारमा हल्ला फैलिए जस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताउनुभएको हो।

शनिबार काठमाडौंमा आयोजित विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो। अर्थतन्त्र धराशायी भएको हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको उहाँको भनाइ छ।

‘बजार हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन। अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन। नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नु पर्ने अवस्था छैन।’ मन्त्री झाँक्रीले सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेकोसमेत बताउनुभयो।

खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया युक्रेनबीचको युद्धका केही बाछिटा देखिए पनि आत्तिन आवश्यक नरहेको उहाँको भनाइ छ।

अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ। काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोज कुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गर्नुभयो। उहाँले नेपालमै विद्युतीय सामग्रीको गुणस्तर बढाउनुपर्नेमासमेत जोड दिनुभयो।

prabhu mahalaxmi
kumari