नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ लगानी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।
यसका लागि माघ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २५ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
यो लगानी सन् २०२६ फेब्रुअरी १ देखि २०२७ फेब्रुअरी १ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।




























