stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सरकारले ५० करोड रुपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले ५० करोड रुपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँच वर्ष अवधिको बचतपत्र निष्कासन गरेको हो । बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिने छ ।

वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

बचतपत्रको ब्याज हरेक छ/छ महिनामा सम्बन्धित खरिदकर्ताको बैङ्क खातामा भुक्तानी हुने छ । बचतपत्रलाई धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ ।

यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा समेत गरिद गर्न सक्ने छन् ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स ९डिओएमएस० प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचतपत्र खरिदका लागि आवेदन दिन सकिने छ ।

बचतकर्ताका लागि प्रभावकारी रहे पनि वैदेशिक रोजगार बचतपत्रमा लगानीकर्ताको त्यति धेरै चासो देखिने गरेको छैन । लगानीकर्तालाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा र यसबारेमा बुझाउन नसकिँदा विगतका वर्षमा निष्कासन गरिएको रकमभन्दा कम मात्रै खरिद हुने गरेको छ ।

पछिल्लो समय बैङ्कहरूले निक्षेपको ब्याजदर निरनतर घटाइरहेको बेलामा बचतका लागि राम्रो अवसर भए पनि बचतकर्ताको रोजाइमा वैदेशिक रोजगार बचतपत्र पर्ने गरेको छैन ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long