stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैङ्कले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गर्‍यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ । राष्ट्र बैङ्कले बैङ्किङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गरी डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको जनाएको छ ।

आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकासका सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले उक्त हब स्थापना गरेको हो।

राष्ट्र बैङ्कले बिहीबार एक सूचना जारी गर्दै डिजिटल फाइनान्स इनोभेसन हबले सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, नन बाइन्डिङ गाइडेन्स परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने जानकारी दिएको छ । नियामक  तथा  सरोकारवाला  निकाय र निजी  क्षेत्रको समेत  सहभागिता हुन सक्ने व्यवस्था गरिएको छ ।

prabhu mahalaxmi
kumari