stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्रोतले धान्नसक्ने र रुपान्तरणकारी बजेट ल्याउनु, आकार नबढाउनुः अध्यक्ष ढकाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य स्रोतले धान्नसक्ने र रुपान्तरणकारी बजेट ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पूर्व बजेट अन्तकृया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

“अहिलेका मूलभूत समस्या सम्बोधन गरी दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न बजेटले रुपान्तरणकारी भूमिका निर्वाह गर्नुपर्ने माग निजी क्षेत्रको छ । आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवद्र्धन विशेष योजनामार्फत सुधार थालिनुपर्छ”, अध्यक्ष ढकालले भने ।

आगामी आर्थिक वर्ष बजेटको आकार नबढाउन पनि महासङ्घले सुझाव दिएको छ । “यसपटक बजेटको आकार नबढाउन हाम्रो सुझाव छ ।

बजेटको आकार बढाउँदा राजस्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप सरकारमा पर्नेछ । जसले निजी क्षेत्र हतोत्साही हुने र ऋण दायित्व बढ्न जाने हुँदा यसमा विशेष ध्यान दिनुपर्ने हाम्रो आग्रह हो”, महासङ्घ अध्यक्ष ढकालले भने, “राजस्व र खर्चको अनुमान गत वर्षको बजेटमा नभई वास्तविक खर्चको बढीमा १० प्रतिशत बढाइ खर्च र राजस्व अनुमान गर्नु उपयुक्त हुन्छ ।”

आगामी आर्थिक वर्षबाट लगानी प्रवद्र्धन दशक घोषणा गर्न पनि महासङ्घले माग गरेको छ । त्यसैगरी मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) गर्नुपर्ने, द्विपक्षीय लगानी सम्झौता कार्यान्वयन गर्नुपर्ने, सम्भावित लगानीकर्तालाई भिसा शुल्क नलाग्ने गरी कम्तीमा तीन वर्षका लागि बहुवर्षीय भिसा उपलब्ध गराउनुपर्ने, एकल बिन्दु सेवाकेन्द्र प्रभावकारी बनाउनुपर्ने तथा स्वदेशी लगानीकर्ताका लागि खुला गरिनुपर्नेलगायत सुझाव महासङ्घले दिएको छ ।

कर्मचारी चाँडो चाँडो फेरिने अवस्थाको अन्त्य गरिनुपर्ने, ‘भायबलिटी ग्याप फन्ड’को पहिचान गरी त्यसको सुविधा दिनुपर्नेलगायतका व्यवस्था सहजीकरणका लागि पनि महासङ्घले आग्रह गरेको छ ।

उद्यमशीलता नीति बनाइ ‘उद्यमी नेपाली’ कार्यक्रमअन्तर्गत निर्यातका आधारमा सहुलियत दिइने उत्पादनमा आधारित सहुलियत कार्यक्रम पाँच वर्ष सञ्चालन गर्नुपर्ने, आयात प्रतिस्थापन गर्ने उद्योगलाई निर्यात अनुदानको आधा अनुदान प्रदान गर्नुपर्ने, औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी वस्तुभन्दा दुई तह कम हुनुपर्नेलगायतका माग निजी क्षेत्रको छ ।

औद्योगिक करिडोर विशेष कार्यक्रमअन्तर्गत भारतीय सीमादेखि चुरेफेदीसम्मका सडक किनार र आसपासका क्षेत्र तथा अन्य सम्भावित करिडोरमा उद्योग लक्षित विशेष कार्यक्रम ल्याउनु आवश्यक रहेको महासङ्घ अध्यक्ष ढकालले बताउनुभयो ।

उत्पादनमूलक उद्योगमा लाग्दै आएको आयकर क्रमशः घटाइ पाँच वर्षमा पाँच प्रतिशत बिन्दुले कम गरी निश्चित अवधिसम्म नबढने सुनिश्चिता गर्न पनि निजी क्षेत्रको माग छ ।

एक सयभन्दा बढी रोजगारी दिने उत्पादनमूलक उद्योग, पर्यटन लगायतका सेवा उद्योग, सूचना प्रविधि उद्योगलाई रोजगार च्याम्पियनको सम्मानसहित आयकरमा न्यूनतम ४० प्रतिशत छुट दिनु पर्ने महासङ्घको सुझाव छ ।

त्यस्तै उत्पादनमूलक तथा आयात प्रतिस्थापन गर्ने उद्योगलाई विद्युत् महशुलमा पाँच वर्षसम्म ५० प्रतिशत छुट दिइनुपर्ने उसको माग छ ।

उत्पादनमूलक क्षेत्रका उद्योगलाई आवश्यकपर्ने कच्चापदार्थ आयात गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिनुपर्ने, पुँजीगत लाभकर लगायत अन्य कर विवाद समाधानका लागि न्यायनिरुपणको प्रक्रिया छिटो र सहज बनाइनुपर्ने, एसेट म्यानेजफेन्ट फण्ड स्थापना गर्नुपर्नेलगायत सुझाव दिएको छ ।

नेपालमा उद्यमशीलताको भविष्य सुनिश्चित गर्न लघु, घरेलु एवं साना उद्यमीको स्थापना सञ्चालन र बहिर्गमन सहज बनाउन सानालाई सहुलियत कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको महासङ्घले जनाएको छ ।

पूर्वानुमानित कर विवरण ९डे १० दाखिला गर्ने कारोबारको सीमा रु एक करोडसम्म विस्तार गरी हालको कर रकम पाँच वर्षका लागि आधा घटाउनुपर्ने, साना उद्यमीलाई रु २५ लाखसम्मको परियोजना कर्जा बिनाधितो उपलब्ध गराई सो कर्जाको बीमा गराउनुपर्नेलगायतका माग परिसङ्घका छन् ।

लघु घरेलु, साना र महिला उद्यमीलाई पुनःकर्जा सुविधा उपलब्ध गराइनुपर्ने, नेपाली उत्पादन २० प्रतिशतसम्म महङ्गो भए पनि उपभोग गर्ने नीति तत्काल कार्यान्वयन गर्नुपर्ने, स्टार्टअप कार्यक्रम सञ्चालन गरी यस्ता उद्यमलाई हाल प्रदान गरिएको पाँच वर्षसम्मको आयकर छुटलाई अर्को पाँच वर्ष ५० प्रतिशत छुट दिइनुपर्ने र आगामी आर्थिक वर्षभित्रमा कम्तीमा एक सय स्टार्टअपमा निजी क्षेत्रको लगानी आकर्षित गर्न ‘सय स्टार्टअप, सय लगानीकर्ता’ कार्यक्रम सञ्चालन गरी निजी क्षेत्रसँग सहकार्य गर्न सुझाव दिएको छ ।

त्यस्तै, ‘प्रविधिबाट समृद्धि कार्यक्रम’, ‘नेपालमा स्वागत छ’ कार्यक्रम, कृषि पारस्थितिक प्रणाली (इकोसिस्टम) सुधार कार्यक्रम, निर्यात प्रवद्र्धन विशेष योजनालगायत कार्यक्रम ल्याउन पनि महासङ्घले सरकारसँग आग्रह गरेको छ ।

ऊर्जा क्षेत्रमा सुधारका लागि विद्युत ऐन २०४९ मा जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गर्ने कम्पनीलाई १० वर्षसम्म पूर्ण तथा १० देखि १५ वर्षसम्म ५० प्रतिशतका दरले आयकरमा छुट पाउने र भ्याट  फिर्ता  दिने  सुविधा २०८२ असार मसान्तभित्र निर्माण पूरा गर्ने कम्पनीले मात्र पाउने व्यवस्था भएकामा यो  समय सीमालाई पाँच वर्ष थप गरी २०८७ सम्म विस्तार गर्न महासङ्घले सुझाव दिएको छ ।

prabhu mahalaxmi
kumari