stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट पैसा तान्न थाले

भोलि एकैपटक रु. ५० अर्ब तान्दै राष्ट्र बैंक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। बैंक तथा वित्तीय संस्था निक्षेप थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि प्रणालीबाट पैसा तान्न थालेको छ।

अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो जेठ महिना सुरुआतमै फेरि दोस्रो बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको छ।

केन्द्रीय बैंकले भोलि जेठ ३ गते निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो १४ दिने निक्षेप संकलन उपकरणको जेठ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यसअघि जेठ १ गते राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिचेको थियो।

prabhu mahalaxmi
kumari