आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६४ पैसा र बिक्री दर १६३ रुपैयाँ ३७ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४२ रुपैयाँ १४ पैसा र बिक्री दर १४२ रुपैयाँ ७८ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।