stcnepal long ad
global ime bank long

लगानीकर्ता जनचेतनामुलक कार्यक्रममा एनआइबिएल एस क्यापिटलको सहभागीता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुको लागि वीरगञ्जमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सन् २०११ मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा स्थापित भएको एनआइबिएल एस क्यापिटल लिमिटेड उक्त कार्यक्रममा डिपि पार्टनरको रुपमा उपस्थित भई निशुल्क डीम्याट खाता खोल्ने कार्यक्रम पनि संचालन गरेको थियो ।

एनआइबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र निक्षेप सदस्यका अन्य वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटीज प्रालीले आयोजना गरेको उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश एवं नेपाली यूवा उद्यमी सजांल वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जको होटल लर्डस दियालोमा सम्पन्न भएको हो ।

वीरगञ्जका विभिन्न आधा दर्जन कलेजका छात्रछात्राहरुको समेत सहभागिता भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वीरगञ्जका मेयर सरावगीले सेयर बजार पछिल्लो समय अवसर खोज्नेहरुको लागि राम्रो प्लेटफर्म भएको चर्चा गर्दै लगानी गर्दा धेरै कुरामा सचेत भई लगानी गर्ने सुझाव समेत दिए । आगामी दिनमाहरुमा पनि आयोजना हुने यस्ता कार्यक्रममा एनआइबिएल एस क्यापिटल लिमिटेडले सहभागी हुने जनाएको छ ।

IME Lifesidebar
kumari