stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई बाँडफाँड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेडले माघ १८ गते बाँडफाँड गरेको छ।

यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका दरले १६ करोड इकाई माघ ४ देखि ९ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

बिक्री अवधिभर मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार २५ प्रतिशत थप गरी कुल २० करोड इकाई कायम गरी बाँडफाँड गरिएको हो।

बाँडफाँडको नजिता अनलाइनमा प्रकाशित भइसकेको क्यापिटलले जानकारी दिएको छ। साथै बाँडफाँडमा नपरेको इकाई बापतको रकम फुकुवा गरिदिन सम्बन्धित बैंकलाई समेत क्यापिटलले आग्रह गरेको छ।

prabhu mahalaxmi
kumari