stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

चार्टर्ड क्यापिटल र बिनोद कर्प समूहबीच बहुक्षेत्रीय लगानीका लागि समझदारी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालमा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकासलाई गति दिने उद्देश्यका साथ चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्ट लि. र बिनोद कर्प समूहबीच समझदारी भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत तथा चार्टर्ड क्यापिटलका अध्यक्ष चन्द्र सिंह साउद र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान अध्यक्ष तथा उद्योगी बिनोद कुवँरको नेतृत्वमा रहेको समूहबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झदारी अनुसार बिनोद कुवँरको नेतृत्वमा रहेको समूहले चार्टर्ड क्यापिटलमा लगानी गर्नेछ । चार्टर्ड क्यापिटलले प्राप्त लगानीलाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा सञ्चालन हुने परियोजनामा परिचालन गर्नेछ ।

साझेदारी मार्फत उद्योग, पूर्वाधार, उत्पादन, सेवा, ऊर्जा, पर्यटन, कृषि लगायत प्राथमिकताका क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य लिइएको छ ।

यस सहकार्यबाट मुलुकमा दिगो आर्थिक वृद्धि हासिल गर्नुका साथै उल्लेखनीय रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । निजी क्षेत्र र प्रवासी नेपाली पूँजीको संयोजनमार्फत ठोस र दीर्घकालीन प्रभाव पार्ने परियोजनाहरू अघि बढाउने दुवै पक्षको समझदारी छ ।

सम्झदारीपत्रमा हस्ताक्षरपछि चार्टर्ड क्यापिटलका अध्यक्ष साउदले निजी क्षेत्र र प्रवासी नेपालीबीचको पूँजी सहकार्यले नेपालको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले पारदर्शी, व्यवस्थित र दीर्घकालीन लगानी मोडल मार्फत राष्ट्रिय प्राथमिकताका परियोजना अघि बढाइने बताए ।

त्यसैगरी, बिनोद कर्प समूहका अध्यक्ष कुवँरले स्वदेशमै लगानी विस्तार गर्नु आफ्नो दीर्घकालीन प्रतिबद्धता रहेको उल्लेख गरे । यस सहकार्यले युवाका लागि रोजगारी, सीप विकास र उद्यमशीलताको वातावरण सुदृढ हुने उनको भनाइ छ ।

नेपालमा उपलब्ध सम्भावनालाई व्यवहारिक परियोजनामा रूपान्तरण गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता उनले व्यक्त गरे ।

यो समझदारीलाई नेपालमा निजी तथा प्रवासी पूँजी आकर्षण, लगानीमैत्री वातावरण प्रवर्द्धन र समावेशी आर्थिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

आगामी दिनमा सम्झदारी अनुसार विभिन्न क्षेत्रगत परियोजना पहिचान गरी लगानी कार्यान्वयन प्रक्रिया अघि बढाइने बताइएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari