stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स क्यापिटलको १५.५० प्रतिशत नगद लाभांंश पारित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार सम्पन्न कम्पनीको अठारौं वार्षिक साधारण सभाले आ.व.२०८०(८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांंश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभाले आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै, आ.व. २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संचालकको नियुक्ति अनुमोदन र संचालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार लगायतका काम गर्न अनुमति प्राप्त संस्था हो ।

सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो । यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।

prabhu mahalaxmi
kumari