सन लाइफ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को सहायक कम्पनी सनलाइफ क्यापिटल लि. ले विश्व वित्तीय सप्ताह २०२४ (Global Money Week 2024) को अवसरमा बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले २०८० चैत्र ७ र ८ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
२०८० चैत्र ७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनु पर्ने सतर्कताबारे विस्तृत जानकारी गराईयो ।
साथै सहभागि विद्यार्थीहरुको वित्तीय बजार र धितोपत्र बजार सम्बन्धि सम्पूर्ण जिज्ञाशाहरु
स्पष्ट गरियो ।
२०८० चैत्र ८ गते मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौ मा द्यद्यब् डतज सेमेष्टरका विद्यार्थीहरुलाई बिमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रीत हाजिरी जवाफ प्रतियोगिता “QuickQuizMania-Global Moneyweek2024” आयोजना गरियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
सनलाइफ क्यापिटल लि. धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।