evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

हिमालयन र बिओके बैंकको ग्यारेन्टी रकम फिर्ता

Prabhu Insurance Long Ad
global bank

काठमाडौं। हिमालयन बैंक लि. र बैंक अफ काठमाण्डू (बीओके)ले करिव एक दशकसम्म चिनियाँ बैंकमा फसेको रकम फिर्ता पाएका छन ।

गत साउन १५ मा चिनियाँ अदालतवाट मुद्दा जितेको २० दिनपछि हिजो भदौ ७ गते मंगलवार हर्जनासहित दुबै बैंकले रकम फिर्ता पाएका छन ।

चिनियाँ अदालतमा मुद्दा जिते पछि चाइना कन्स्ट्रक्सन बैंकले दुबै बैंकको रकम फिर्ता पठाएको छ।

जसअनुसार बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो थप हर्जना सहित रकम फिर्ता पाएको छ भने हिमालयन बैंकले ७० करोड रुपैयाँ फिर्ता पाएको छ ।

मेलम्ची खानेपानी आयोजना सम्बन्धी मुद्दामा चिनियाँ अदालतले हिमालय बैंक र बिओकेको पक्षमा गत साउन १५ मा फैसला सुनाएको थियो ।

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा नेपाली बैंकहरुले चिनियाँ तल्लो अदालतवाट जिते पनि उच्च अदालतमा जानु पर्ने कारणले रकम फिर्ता पाउन सकेका थिएनन ।

तर, गत साउन १५ मा चिनियाँ अदालतमा अन्तिम फैसाला भएसँगै दुबै नेपाली बैंकलाई चिनियाँ कन्ट्रक्सन बैंकवाट नेपाल रकम ल्याउन बाटो खुलेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चाइना कन्स्ट्रक्सन बैंकले रकम फिर्ता गर्न आनाकानी गरे पछि दुबै बैंकले चिनियाँ अदालतमा मुद्दा दायर गरेका थिए । जसको अन्तिम फैसला चिनियाँ अदालतमा साउन १५ मा भएको थियो ।

 

igi long
himalayan life insurance long ad