citizens life insurance long ad

कनेक्ट आईपीएसमा बैंक खाता लिंक गराउँदा पैसासँगै माउन्टेन फ्लाइटको अफर पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

कनेक्ट आईपीएसमा बैंक खाता लिंक गराउँदा पैसासँगै माउन्टेन फ्लाइटको अफर पाइने
काठमाडौं । कनेक्ट आईपीएसले ‘न्यू इयर न्यू यूजर अफर’ ल्याएको छ । आईपीएसले बैशाख १ गतेबाट ३१ गतेसम्म लागू हुने गरी उक्त अफर ल्याएको हो ।

यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरी कम्तिमा एउटा खाता लिंक गरी सो खाता बैंकबाट भेरिफाई गराउँदा सोही खातामा एक सय रुपैयाँ पाउन सक्नेछन् । त्यसैगरी ११ जना लक्की विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसको वेवसाइटमा वा यसको मोबाइल एप मार्फत रजिष्टर गरी आफ्नो खाता लिन्क गरी नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै सेल्फ भेरिफाई गराउन सक्दछन् ।  पहिले नै युजर बनाएर पहिलो खाता लिङ्क र भेरिफाई गराउने बैंक ग्राहकले पनि सो अफर अन्तर्गत एक सय रुपैयाँ भेरिफाई गरिएको खातामा प्राप्त गर्न सक्दछन् ।

अफरको अन्त्यमा छानिएका ११ भाग्यशाली विजेताहरुको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

IME Lifesidebar
kumari