stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

गोरखा । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।

बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा उक्त सामग्री विद्यालयलाई प्रदान गरिएको हो।

शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराइएको बैंकले जनाएको छ।

स्मार्ट बोर्डको प्रयोगबाट विद्यालयमा डिजिटल शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।

विश्व तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अग्रसर भइरहेका बेला विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराई भविष्यका लागि सक्षम, दक्ष तथा प्रतिस्पर्धी नागरिक तयार पार्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रमले गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्नुका साथै डिजिटल विभाजन न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बैंकको यस सामाजिक कार्यको प्रशंसा गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रभु बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

IME Lifesidebar
kumari