citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

कुमारी बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नाफामा उछाल आएको छ भने अधिकांश वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गरेको देखिएको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँ खु्द नाफा कमाएको यस बैंकले त्यसको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १३६१.७६ प्रतिशतको उछाल सहित ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँबाट १७.८० प्रतिशतले बढेर ९ अर्ब ३० करोड २२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १० अर्ब ४९ करोड ५९ लाख रुपैयाँबाट २२.०८ प्रतिशतले बढेर १२ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँबाट ६९.६८ प्रतिशतले घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा झरेको छ। यसरी इम्पेयरमेन्ट चार्ज ठूलो मात्रामा घटेका कारण बैंकको नाफा बढ्न टेवा पुगेको हो।

खुद नाफा बढेसँगै बैंकको सञ्चालन मुनाफा पनि ८५ करोड ८३ लाख रुपैयाँबाट ६५७.८० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ पुगेको छ।

गत चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ५० करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म घटेर १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ ऋणात्मकमा झरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १.४५ रुपैयाँबाट बढेर २१.२४ रुपैयाँ पुगेको छ भने खराब कर्जा ६.९८ प्रतिशतबाट सामान्य घटेर ६.९४ प्रतिशत कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५८.५३ रुपैयाँ र बेस रेट ५.३५ प्रतिशत रहेको छ।

चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले चैत मसान्तसम्म २ खर्ब ७३ अर्ब २१ करोड २५ लाख रुपैयाँ ग्राहकमा कर्जा लगानी गरी ३ खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। चैत मसान्तसम्म आइपुग्दा बैंकको सम्पत्तिको कुल मूल्य ४ खर्ब ७४ अर्ब ३० करोड ६८ लाख रुपैयाँ नाघेको छ।

IME Life
kumari